५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज पनि घट्यो कोरोना संक्रमण, १ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि


२ श्रावण २०७७, शुक्रबार  

0
Shares

२ साउन ०७७,काठमाडौं । केही दिनदेखि नेपालमा कोराोना संक्रमण कम भइरहेको छ ।
देशभरमा पछिल्लो २४ घण्टामा थप १ सय १ मात्रै
कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा गरिएका चार हजार ६८८ नमूना परीक्षणमा १ सय १ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिएका छन् । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ४ सय ४५ पुगेको छ ।
प्रदेशगत रुपमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ८ सय १५, प्रदेश नं २ मा चार हजार ४ सय ८०, बागमती प्रदेशमा ८ सय ५१, गण्डकी प्रदेशमा एक हजार ३५७, प्रदेश नं ५ मा चार हजार १३५, कर्णाली प्रदेशमा एक हजार ८ सय ४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ३ जना रहेका छन् ।
हालसम्म कोरोनाको उपचारपछि निको भएर घर फर्किएका मध्ये प्रदेश नं १ मा ७ सय ४४, प्रदेश नं २ मा दुई हजार ५ सय ८८, बागमती प्रदेशमा ४ सय १३, गण्डकी प्रदेशमा ९ सय ४६, प्रदेश नं ५ मा तीन हजार ४ सय ९२, कर्णाली प्रदेशमा एक हजार ४ सय ९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६ सय ५९ रहेका छन् ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका क्वारेन्टिनमा हाल १२ हजार ७ सय ५६ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८ सय ७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या २ सय ८५ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५ सय ३४ रहेको छ । कूल कोरोना सङ्क्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३९ लाख ६४ हजार ७ सय ९९ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ९३ हजार ४९ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।
नेपालमा कोभिड–१९ का जम्मा सङ्क्रमितमध्ये पुरुष र महिलाको अनुपात क्रमशः ८७ र १३ प्रतिशत रहेको छ । हाल ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । सक्रिय एउटा पनि केस नभएका जिल्लामा मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उनले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ८ : ०९ बजे