१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एकको शव फेला, दुई अझै बेपत्ता


३ श्रावण २०७७, शनिबार  

0
Shares

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ मा खसेको पहिरोमा परी वेपत्ता भएका खोजी गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा ।  । शुक्रबार अर्को एकको पनि शव भेटिएको छ । तस्बिर देवराज सुवेदी\रासस

३ साउन ०७७,सिन्धुपाल्चोक । बिहीबार बिहानीपखको पहिरामा परी बेपत्ता रहेका भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा तीन जनामध्ये एकजनाको शव फेला परेको छ ।
अविरल वर्षापछि खकुण्डोलमाथिबाट आएको पहिरामा परी एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । शुक्रबार दिउँसो १४ वर्षीया छिरिङवाङ्गु शेर्पाको शव फेला परेको जिल्ला प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
पहिरोले फुल्पिङकट्टीकै दुई घर बगाउँदा बेपत्ता ३५ वर्षीया साङमु शेर्पा र १६ वर्षीयाकी याङ्जी शेर्पाको शव बिहीबार भेटिएको थियो ।
७५ वर्षीया सुमबुट्टी शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा भने अझै बेपत्ता छन् । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खोजी तथा उद्धार कार्य जारी छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  ६ : ४३ बजे