५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मुग्लिनमा पहिरो खस्यो, काठमाडौं आवतजावत ठप्प


५ श्रावण २०७७, सोमबार  

0
Shares


५ साउन ०७७, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा सोमबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने हुँदा एकतर्फी सवारी लामबद्ध गरिदिन अनुरोध गरेको छ । दुई दिनदेखि यस क्षेत्रमा लगातार वर्षा भइरहेको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा त्यसअघि पनि पटकपटक पहिरो खस्दा समस्या हुँदै आएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ०६ बजे