४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकाको अलास्कामा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प


८ श्रावण २०७७, बिहिबार  

0
Shares

७ साउन ०७७, वासिङ्टन (रासस–सिन्ह्वा) – संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २:१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।
उक्त भूकम्पका कारण कुनै जनधनको क्षति भएको बारेमा विवरण प्राप्त भइसकेको छैन ।
भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो ।
अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहिबार  ७ : २३ बजे