१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रातो मच्छिन्द्रनाथको रथ तान्ने लागेन टुंगो


१० श्रावण २०७७, शनिबार  

0
Shares


१० साउन ०७७, ललितपुर । कोरोना माहामारीका कारण यस वर्षको रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा टुंगो लागेको छैन ।
“यसवर्ष कोरोना महामारीका कारण रथ कहिले तान्ने भन्ने विषयमा टुङ्गो लागी नसकेको ७० वर्षीय ञवाल सूर्यमान डङ्गोलले बताएका छन् ।
‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण भने शनिबार हुने भएको छ ।
मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो ।
रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताएका छन् । उनले भने, “विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो ।
हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए । यो काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : ४० बजे