५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौंको नाकामै कोरोना जाँचको नमूना संकलन


१३ श्रावण २०७७, मंगलबार  

0
Shares

फाइल तस्विर

१३ साउन ०७७, काठमाडौं । सरकारले काठमाडौँ उपत्यका प्रवेश गर्ने विभिन्न तीन नाकाबाट कोरोना सङ्क्रमण जाँचका लागि नमूना सङ्कलन गरिरहेको छ । आज मंगलबार ४ बजेसम्ममा फर्फिङ नाकाबाट ९ सय ५५, थानकोट नागढुङ्गाबाट दुई हजार ९ सय १४ र साँगा ९ सय ४४ गरी जम्मा चार हजार ८ सय १३ पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ ।
उक्त नमूनाको रिपोर्ट आएपछि यथाशिघ्र जानकारी गराइने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् । मुलुकमा बन्दाबन्दी खुलेपनि कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले आवश्यक स्वास्थ्य सावधानी अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : २० बजे