३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पत्रकार इश्वरी बरालको ‘हरेक रात सपनी’ गीत सार्वजनिक


१४ श्रावण २०७७, बुधबार  

0
Shares


१४ साउन ०७७, काठमाडौं । पत्रकार तथा गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतकार क्षितिज समर्पणको शब्द र सङ्गीतकार राजकुमार शाहीको सङ्गीत संयोजन रहेको सो गीत एक्का कम्पनीको युट्युब च्यानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको छ ।
सञ्जय हमालले एरेन्ज गरेको उक्त गीतको सम्पादन पनि राजकुमारलकै छ । डान्सिङ विधाको गीत युवायुवतीको मायाप्रेममा आधारित छ । गायिका बराल, रचनाकार क्षितिज समर्पण र सङ्गीतकार शाही पत्रकारिता क्षेत्रमा सक्रिय छन् । बरालले यसअघि ‘लभ पर्न सक्छ’ बोलको गीतमा स्वर दिएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।