५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रहरी र कैदीबन्दीलाई समेत कोरोना


१४ श्रावण २०७७, बुधबार  

0
Shares


१४ साउन ०७७, वीरगञ्ज । पर्साको वीरगञ्जमा प्रहरी,सेना र कारागारमा रहेका कैदीबन्दीसहित ३४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायका अनुसार
२ बर्षदेखि ६५ वर्ष उमेरका ३४ जनामा कोरोना संक्रमण देखिएको हो । उपाध्यायले भने, ‘५ जना बालबालिका र १० जना महिला छन् ।’
पैसा तिरेर कोरोना संक्रमण जाँच गर्न आएका स्थानीयमा समेत कोरोना संक्रमण पुष्टि भएसँगै समुदायमै कोरोना संक्रमण फैलिरहेको स्वास्थ्यकर्मीहरुले आशंका गरेका छन् ।
पछिल्लो समय पर्सामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गइरहेको छ । केही दिन अघि निरन्तर कोरोना संक्रमितको ज्यान गएपछि निषेधाज्ञा लगाइएको थियो ।
संक्रमितमध्ये २० जना वीरगञ्ज महानगरपालिकामा बसोबास गर्ने व्यक्तीहरु रहेको बताइएको छन् । वीरगञ्ज महनगरको वडा नं ९, ५, ४, ११ श्रीपुर, बेल्वा, भिस्वा, आदर्शनगर, सिर्सियाका बासिन्दामा संक्रमण देखिएको हो ।
संक्रमित हुनेहरुमा नेपाली सेनाका १ जना, नेपाल प्रहरीका ३ जना पनि छन् । साथै कारागारका कर्मचारी २ जना, कैदीबन्दी ६ जना,स्वास्थ्यकर्मी १ जनाका साथै आफैंले पैसा तिरेर पीसीआर परीक्षण गराएका १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : २६ बजे