५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सम्पादकीय ः कोरोना परिक्षण बढाउ


१९ श्रावण २०७७, सोमबार  

0
Shares


लकडाउनको अन्त्यपछि कोरोना संक्रमणको दर बढेको छ । पछिल्ला समयमा राजधानीमा कोरोनाभाइरसको संक्रमण ज्यादै बढेको छ । दैनिक दुई दर्जन भन्दा धेरै राजधानीबासीहरुमा संक्रमणले छोएको समाचार आएको छ ।
कोरोना संक्रमणले भयावह रुप दिने अवस्था आउदा समेत सरकारी धिमा गति कायमै छ । स्थानीय सरकार र प्रदेश सरकारको कदम पनि प्रभावकारी देखिएको छैन ।
कोरोनाभाइरसको माहामारी रोक्न स्वाथ्योपचारसँगै परिक्षणको दायरा बढाउनु जरुरी छ । स्थानीय निकायले यहाँ रहेका अस्पतालहरुमा पिसिआर मेसिनको समुचित व्यवस्था गरेर परिक्षणमा सघाउन आवश्यत्ता देखिएको छ । कतिपय स्थानीय निकायले पिसिआर मेसिन नै किनेर कोरोना परिक्षण द्रुत गतिमा शुरु गरेका छन् ।
अहिले गाँउ स्तरमै सरकारी तलव खाने जनप्रतिनिधिहरु छन् । गाँउ वा नगरपालिकासँग खर्च गर्नसक्ने बजेट छ । स्थानीय निकायले स्वास्थ्य सजकतासँगै प्रभावकारी प्रचार गर्न जरुरी छ ।
स्थानीय निकायले स्थानीय स्तरमा संचालित अनलाइन प्रिन्ट मिडियासँग सहकार्य गरेर कोरोनाभाइरसबाट बच्न प्रचारप्रसार गर्न सक्छन् । तर यसो भइरहेको छैन ।
वडास्तरमा बनाइएको क्वारेन्टिन र आइसुलेसन वार्ड स्तरिय रुपमा संचालन भइरहेको छैन । स्थानीय निकायले यो मात्र राम्रो बनाउने हो भने आधा समस्या समाधान हुन्छ ।
कोरोना बढ्नुमा सरकारी निकायको मात्रै होइन सर्वसाधारणको पनि दोष छ । आजकल सरकारले जारी गरेको न्युनतम् आदेश पालना भएको पाइदैन ।
घरबाट बाहिर निस्कदा मास्क लगाउने, दुरी कायम गरेर बस्ने लगायतका स्वास्थ्य सजकता पालन भएको पाइदैन । अनावश्यक रुपमा सडकमा निस्कने र घुमफिर गर्नेको समेत कमी छैन ।
यो मानव जातीमाथि अचानक आइलागेको संकट हो । माहामारीले कस्तो रुप लिन्छ अझै भन्न सकिने अवस्था छैन । त्यसैले स्वास्थ्य सजकता अपनाउन जरुरी छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार  ८ : ४७ बजे