५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बढ्न थाल्यो कोरोना संक्रमण ः बुधबार ३ सय ८१ जना सङ्क्रमित


२१ श्रावण २०७७, बुधबार  

0
Shares


२१ साउन ०७७, काठमाडौं । देशभरमा बुधबार ३ सय ८१ जनालाई कारोनाको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशरभरका छ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा यी सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल सक्रिय सङ्क्रमित छ हजार १ सय ७४ रहेको बताएका छन् ।
देशरभमा क्वारेन्टिनमा रहेकाको सङ्ख्या नौ हजार ९ सय २५ रहेको छ । त्यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पछिल्लो २४ घण्टामा १ सय ३० जना रहेको छ । आजसम्म १५ हजार १ सय ५६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । जम्मा सङ्क्रमितमा ७० दशमललव ८ प्रतिशत निको भएका छन् । देशको कूल जनसङ्ख्यामा १ दशमलव ४ प्रतिशतको पिसिआर परीक्षण भएको छ भने परीक्षण भएकामा ५ दशमलव १ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

देशभरमा ५ सय भन्दाबढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र कैलाली रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ५७ जना र ललितपुर जिल्लामा पाँच जना सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीरुमा कोरोना पुष्टि भएको हो । नयाँ सङ्क्रमित देखिएका जिल्लामा सुनसरी, इलाम, सप्तरी, उदयपुर, मोरङ, सर्लाही, धनुषा, महोतरी, रौतहट र सिराहा रहेको छ । त्यस्तै, बारा, पर्सा, गोरखा, कपिलवस्तु, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, बाग्लुङ, कास्की, स्याङ्जा, बाँके, दाङ, सुर्खेत, कालिकोट र बझाङमा पनि पछिल्लो २४ घण्टामा नयाँ सङ्क्रमित फेला परेका छन् ।

त्यस्तै हाल सक्रिय सङ्क्रमित नभएका जिल्लामा खोटाङ, धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ र रुकुमपश्चिम गरी सात जिल्ला छन् । मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । पछिल्लो समयमा पर्साका १९ वर्षीय युवती र पर्साकै ४६ वर्षीय पुरुषको मृत्यु भएसँगै यो सङ्ख्या ६० पुगेको हो ।
प्रवक्ता गौतमले सङ्क्रमणको जोखिम अझै रहेकाले स्वास्थ्य सर्तकता अपनाउन अनुरोध गरेका छन् । उहाँले सकेसम्म भीडमा नजान र जानैपर्दा अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरे । यो समयमा कोही पनि व्यक्तिको घरमा पाहुना भएर नजान र अरुलाई घरमाघरमा नबोलाउन उनले अनुरोध गरे । उनले भने, “मेरो आफन्त वा साथीभाइ हो भन्नेभन्दा पनि सबैसँग दूरी कायम गर्नुपर्छ ।”

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ७ : २८ बजे