१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ११, गोदावरीमा १ कोरोना संक्रमित


२४ श्रावण २०७७, शनिबार  

0
Shares


लपु संवाददाता
२४ साउन ०७७, ललितपुर । दिनदिनै बढ्दै गइरहेको कोरोना भाइरस संक्रमित ललितपुरमा शनिबार १२ जना फेला परेका छन् । कोरोनाको केन्द्को रुपमा विकाश भइरहेको ललितपुर महानगरमा मात्रै शनिबार ११ जना संक्रमित भेटिए ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गोदावरीमा अर्का एक कोरोना संक्रमित फेला गरेको जानकारी दिएको छ । दिनदिनै संक्रमित थपिदै गएको ललितपुरमा जम्मा संक्रमित १ सय ५२ जना पुगेका छन् । यी मध्ये १ सय १ जना पुरुष छन् । महिलाको संख्या आधा ५२ मात्रै छ।
ललितपुर महानगरमा फेला परेका ३ जना महिला छन् भने ८ जना पुरुष छन् । गोदावरीमा फेला परेका संमित पनि पुरुष नै हुन् । फेला परेका संक्रमितहरु २० वर्षदेखि ६९ वर्ष उमेर समूहका व्यक्तिहरु छन् ।
स्वास्थ्य कार्यालय ललितपुरले संक्रमितको अन्य परिचय व्यक्तिगत गोपनियताका कारण खुलाएको छैन ।
ललितपुर जिल्लामा यसअघि नै ३ जना कोरोना संक्रमितको निधन भइसकेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७७, शनिबार  १० : ०० बजे