५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतद्वारा नेपाली सेनालाई दश आइसियु भेन्टिलेटर प्रदान


२५ श्रावण २०७७, आइतबार  

0
Shares

कोरोना महामारीको बिरूद्ध लडने प्रयासमा सहयोग पु¥याउन भारतीय सेनाले दशवटा आईसीयू भेन्टिलेटरलाई नेपाली सेनालाई उपहार स्वरूप प्रदान गर्ने क्रममा नेपालका लागि भारतका राजदूत ७नतसी विनय मोहन क्वात्र र उपहार लिदै प्रधानसेनापति पूर्ण चन्द्र थापा ।

२५ साउन ०७७,काठमाडौं । कोरोना भाइरसको महामारीविरुद्घ लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आइसियु भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रममा प्रदान गरेका छन् ।
मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले बताएको छ ।
हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कारोना भाइरसविरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्घ रहेको बताएका छन । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतबार  २ : १८ बजे