२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


काठमाडौं उपत्यकामा १ सय २७ जना कोरोना संक्रमित


२९ श्रावण २०७७, बिहिबार  

0
Shares

कला ः कोपिला/ललितपुर खबर

२९ साउन ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा विहीबार थप १ सय २७ जनामा कोरोना संक्रमण देखिएकोे छ । मन्त्रालयले सिंहदरवारमा आयाोजना गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार काठमाडौं जिल्लामा १ सय ११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।
बिहीबार नेपालभर ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणपछि ५ सय २५ जनामा कोरोना भाइरसको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार कोरोना भाइरसको अहिलेसम्म जम्मा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या भने १ सय ९ जना रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहिबार  ११ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।