१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


नेपालमा शुक्रबार ५ सय ९४ मा कोरोना सङ्क्रमण


३० श्रावण २०७७, शुक्रबार  

0
Shares


३० साउन ०७७, काठमाडौं । नेपालमा शुक्रबार ५ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षणपछि यो नतिजा आएकोे हो ।
योसँगै देशभर कोरोना सङ्क्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् । विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भई घर फर्किएका छन् । हालसम्म १७ हजार ७७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताएका छन् ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै धेरै ११ हजार ५ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । पर्सा ७१, मोरङ ५३, सुनसरी २४, महोत्तरी २४, बारा २४, तनहुँ २२, बाँके २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, सर्लाही १४, चितवन १४, रुपन्देही १४, सिन्धुली ११, झापा नौ, कैलाली नौ, सिरहा छ, अछाम छ, रौतहट पाँच, बर्दिया पाँच, कपिलवस्तु पाँच, दैलेख तीन, सिन्धुपाल्चोक दुई, नवलपुर दुई, कञ्चनपुर दुई तथा उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ । मृत्यु हुनेमा ७७ पुरुष र २२ महिला छन् । कोरोनाबाट मर्नेमा सबैभन्दा बढी प्रदेश नं २ मा ४२ तथा सबैभन्दा कम कर्णाली प्रदेशमा चारजना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनाबाट मोरङ र सिरहाका एक–एक पुरुष तथा बारामा दुई पुरुषको ज्यान गएको हो ।
पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । हालसम्म चार लाख ९४ हजार ६ सय १३ जनाको पिसिआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल नेपालका विभिन्न क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।
काठमाडौँ उपत्यकामा थपिए १ सय १९ कोरोना सङ्क्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १ सय १९ जना कोरोना सङ्क्रमित थपिएका प्रवक्ता गौतमले जानकारी दिए । थपिएका सङ्क्रमितमध्ये काठमाडौँ ८३, ललितपुर ३० र भक्तपुरका छ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार पनि उपत्यकामा १ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।