५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सिन्धुली भक्तपुर र हेटौडामा पिसिआर स्थापना गर्दै बाग्मती प्रदेश


७ भाद्र २०७७, आइतबार  

0
Shares


७ भदौं ०७७,हेटौडा । केहीदिन अघिमात्रै काभ्रेको धुलीखेलमा कोरोना परीक्षण ल्याब सञ्चालन गरेको बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडासहित तीन स्थानमा कोरोना परीक्षण ल्याब राख्ने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि यसअघि सञ्चालित ल्याबले धान्न सकैको छैन । दैनिक ९सयभन्दा बढीको परीक्षण गर्न मिल्नेगरी नयाँ ल्याब सञ्चालन गर्ने तयारी थालिएको सरकारले बताएको छ ।
सरकारले ९६ प्यानलको तीन वटा पिसिआर मेसिन खरिद गर्न लागेको हो । प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल, सिन्धुली अस्पताल र भक्तपुर अस्पतालका लागि नयाँ पिसिआर मेसिन खरिद गर्न लागिएको प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिए । पिसिआर मेसिन खरिद प्रक्रियाका लागि सोमबार नै बोलपत्र आह्वान गर्ने उनको भनाई छ । प्रदेश सरकारद्वारा हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित ल्याबलाई समेत निरन्तरता दिइने जनाइएको छ ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धुलिखेलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको परीक्षण ल्याबबाट कोरोना परीक्षण शुरु भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत पौडेलले अब उक्त प्रयोगशाला र धुलिखेल अस्पतालबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेबाट सङ्कलित स्वाब परीक्षण हुने जानकारी दिउका छन् । पौडेलले हेटौंडासहित जिल्ला अस्पताल सिन्धुली, जिल्ला अस्पताल भक्तपुर र नुवाकोटको त्रिशुली अस्पतालमा प्रयोगशाला निर्माण प्रक्रिया शुरु भैसकेको बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ८ : ०५ बजे