१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि


२३ भदौ २०७७, मंगलबार  

0
Shares


२३ भदौं ०७७, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोइरालाले आज(मंगलबार) परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । महामन्त्री डा कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको कोइरालाका सहयोगी सुरज उप्रेतीले जानकारी दिएका छन्।
महामन्त्री डा कोइराला चिकित्सकहरुको सल्लाहअनुसार अहिले होम आइसोलेसनमा बसीरहेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ७ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।