५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काँग्रेस महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि


२३ भाद्र २०७७, मंगलबार  

0
Shares


२३ भदौं ०७७, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोइरालाले आज(मंगलबार) परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । महामन्त्री डा कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको कोइरालाका सहयोगी सुरज उप्रेतीले जानकारी दिएका छन्।
महामन्त्री डा कोइराला चिकित्सकहरुको सल्लाहअनुसार अहिले होम आइसोलेसनमा बसीरहेका छन् । उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ७ : १० बजे