१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्वास्थ्य मन्त्रालयले २५ हजार संक्रिय संक्रमित पुगेपछि फेरी लक डाउन सिफारिस गर्ने


७ आश्विन २०७७, बुधबार  

0
Shares


७ असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार संक्रमित पुगेपछि फेरि पनि लकडाउन गर्न सरकारलाई सिफारिस गर्ने भएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेसक्रिय संक्रमित २५ हजार पुगे सरकारलाई फेरि लकडाउन गर्न सिफारिस गरिने जानकारी गराएका हुन् ।
गौत्तमले सक्रिय संक्रमित संख्या २५ हजार पुगे स्वास्थ्य पूर्वाधारले धान्न गाह्रो हुने तर्क गरेका थिए ।
बुधबारसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय १४ पुगिसकेको छ । तर संक्रमितसँगै कोरोनामुक्त हुने क्रम पनि धेरै रहेकोले तत्कालै २५ हजार संक्रिय संक्रमितको संख्या पुग्ने सम्भावना देखिदैन ।
मन्त्रालयले संक्रमणको जोखिम उच्च रहेको भन्दै जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने व्यवसायहरू कम्तिमा एक महिना नखोल्न समेत सिफारिस गर्ने डा गौत्तमले बताएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ११ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।