५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चितवनमा बाघले मान्छे मरेपछि ……


११ आश्विन २०७७, आइतबार  

0
Shares

lrtjgsf] lgs’~hdf Kff6] af3 lrtjgsf] /fli6«o lgs’~hdf b]lvPsf] b’n{e kf6]af3 . tl:a/ M ;f}hGo¬–;fu/ lu/L, /f;;

११ असोज ०७७, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघले मान्छेको ज्यान लिएपछि नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।
निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए । उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो । औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनानएर मुख्य कार्यालय कसरामा लगिएको उनले जानकारी दिएका छन् । कसराको खोरमा बाघलाई राखिएको छ । सोही बाघले केही महिनाअघि त्यस क्षेत्रका अर्का एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो । थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : १९ बजे