८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


श्रीलालीगुराँस सहकारीद्वारा गोदावरीमा दुध प्रशोधन केन्द्र सञ्चालनमा


१५ आश्विन २०७७, बिहिबार  

0
Shares


१५ असोज ०७७,ललितपुर । लालीगुराँस बहुउद्देश्यीय सहकारीद्घारा २१ वर्षगाठको अवसरमा आफ्नै लगानीमा आज (असोज १५ गते)बाट श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरी दुधजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको छ ।
संस्थाले गोदावरीमा दुग्ध प्रशोधन उद्योगको उद्घाटन गरी व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको हो । चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले आफ्ना सदस्यलाई थप सुविधा दिदैं जाने प्रतिबद्धता जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने जानकारी दिए ।
संस्थाले आजैबाट संस्थाको ए.टि.एम्. सेवा समेत शुरु गरेको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले ए.टि.एम्. को उद्घाटन गरेका छन् । पुल्चोक स्थित मुख्य कार्यालयमा राखिएको ए.टि.एम्. मा आजै देखि सेवा सुरुवात गरिनेछ । अब सम्पूर्ण शेयर सदस्यहरुले ए.टि.एम्. सेवा लिन सक्ने संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले संस्थाले निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत ए.टि.एम्. बुथ स्थापना गरी सेवा दिने बताएका छन् ।
२२औ वार्षिकोत्सवको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सुरेन्द्र भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गरेका छन् ।
ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ । संस्थामा हाल २१ हजार शेयर सदस्य छन् । साथै ३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष रुपमारोजगारी समेत उपलब्ध गराएको छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा मिति २०५६ साल भदौ १८ गते दर्ता भई मिति २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत श्री लालीगुराँस राष्ट्रिय मा.वि.÷कलेज प्रा.लि. तथा अन्य विद्यालय तथा कलेजमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ ललितपुरको ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा क्षेत्र तर्फ काठमाण्डौंको नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय मा.वि.÷कलेज प्रा.लि., डेरी परियोजना तर्फ
चितवनको खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. लगायत अन्य विभिन्न संघ संस्थाहरुमा लगानी गरेको छ । संस्थाले
आफ्नो सेवालाई स्तरीय, सरलीकृत तथा प्रभावकारी बनाउन आफ्ना कर्मचारीलाई अभिमुखिकरण र अन्य तालिम प्रदान गर्दै आई रहेको छ । संस्थाले आगामी वर्ष आफ्ना सदस्यलाई थप सुविधा दिन उपत्यकाभित्र विभिन्न स्थानमा र उपत्यका बाहिरका विभिन्न जिल्लाहरुमा सेवाहरु विस्तार गर्ने भएको छ । संस्थाका प्रमुख
कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई संकुचित पार्दै गएको बताउका छन् ।
भण्डारीले एक व्यक्तिले एउटा सहकारीमा मात्र सदस्य हुन पाउने जस्ता नीति अव्यवहारिक भएको बताएका छन् ।
नेपाल बहुउद्देश्यीय सहकारी संघ लि. का अध्यक्ष समेत रहेका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टीकोण फरक हुनुपर्ने बताउँदै नकरात्मक दृष्टीकोणलाई परिवर्तन
गर्न जरुरी रहेको स्पष्ट पारे । संस्थाले वार्षिकोत्सवको अवसरमा लालीगुराँस राष्ट्रिय मा.वि.÷कलेजको प्राब्गनमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । अन्तमा, २२औं वार्षिकोत्सवको सुखद उपलक्ष्यमा
संस्थाले सम्पूर्ण शेयरसदस्य महानुभावहरु तथा शुभचिन्तकहरुबाट आगामी वर्षहरुमा संस्था संचालनमा आवश्यक राय, सुझाव, सल्लाह तथा सहयोगको अपेक्षा गरेको बताएको छ । आगामी दिनहरुमा यस संस्थाबाट सदस्यहरुलाई प्रदान गरिने सेवा तथा सुविधाहरु थप प्रभावकारी रुपमा प्रदान गरिने विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ५ : ५३ बजे