२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हात्तीको आक्रमणबाट माहुतेको निधन


१९ आश्विन २०७७, सोमबार  

0
Shares


१९ असोज ०७७, चितवन । हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नं १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको निधन भएको हो ।
रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा आज(सोमबार) लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट घाइते भएका खजुवारको चितवनस्थित भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज(सोमबार)दिउँसो निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।