३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज एकै दिन ५ हजार कोरोना संक्रमित फेला


२४ आश्विन २०७७, शनिबार  

0
Shares


२४ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ ।
देशभर रहेका प्रयोगशालाहरुमा १९ हजार ३ सय २० नमुना परीक्षण गर्दा उनीहरुमा यो संक्रमण पुष्टि भएको हो । पछिल्लो समय नेपालमा एकै दिनमा भेटिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो ।
अहिलेसम्म जम्मा संक्रमितको संख्या एक लाख ५ हजार ६ सय ८४ पुगेको छ । ६ सय १४ जनाको मृत्यु भएको छ भने ७४ हजार २ सय ५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १ हजार २ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालदेशभरमा अहिलेसम्म ३० हजार ८ सय १८ संक्रिय संक्रमित पुगिसकेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।