१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चाडपर्वको मौका छोपेर बढी भाडा लिनेलाई ठगीमा मुद्धा चलाइने


२६ आश्विन २०७७, सोमबार  

0
Shares

छम्पी रुटमा चल्ने बसको ढोकामा झुण्डिएर यात्रा गर्दै यात्रु र हेर्दै प्रहरी । तस्विरहरु ः ललितपुर खबर

२६ असोज ०७७, काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्धा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारवाही गरिने बताएको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोक–चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर सवारी साधनमाथि निगरानी बढाइने बताएका छन् । “कोरोनाको सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके ट्राफिक प्रहरीले कारबाही गर्छ”, ढकालले भने ।
यसवर्ष उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राख्ने महाशाखाले जनाएको छ । यस्तै टिकट काउण्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण हुने महाशाखा प्रमुख ढकालले बताए ।
लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारवाही गरीने भएको छ । यौनजन्य अपराध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।