५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ असोज २७ बुधबार)


२८ आश्विन २०७७, बुधबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७साल असोज २८ गते बुधबार । तदनुसार अक्टोवर महिनाको १४ तरिक । द्वदशी,अश्विन अधिक कृष्णपक्ष । विश्व गुणस्तर दिवस । ज्योतिष पण्डित तुलसी भारद्वाज निरौलाद्वारा लिखित आजको राशीफलयस प्रकार छ ।
राशीफल
मेष– आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला ।
वृष– अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
मिथुन– व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा खर्च हुनेछ
कर्कट– खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला ।
सिंह– सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला ।
कन्या– काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ ।
तुला– व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला ।
वृश्चिक– विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।
धनु– गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला ।
मकर– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।
कुम्भ– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ ।
मीन– बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ ।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ७ : १५ बजे