५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ असोज ३०, शुक्रबार)


३० आश्विन २०७७, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ असोज ३० गते शुक्रबार । तदनुसार अक्टोबर महिनाको १६ तारिक २०२० । औंसी अनश्विन अधिक कृष्णपक्ष । ज्यो पं. तुलसी भारद्वाज निरौलाद्वाारा लिखित आजको राशफिल यस प्रकार छ ।
राशीफल
मेष– गरिएका कामको उचित प्रतिफल पाइनेछ । कृषि–चौपायामा केही समस्या देखिएला ।
वृष– विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति पनि विश्वास नलाग्ला ।
मिथुन– सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
कर्कट– काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ
सिंह– बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान् ।
कन्या– शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला ।
तुला– प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
वृश्चिक– नयाँ जिम्मेवारी पाइएला । पारिवारिक आवश्यकता पूर्ति होला, श्रमको उचित मूल्यांकन हुनेछ
धनु– पठन–पाठनमा त्यति समय दिन नसकिएला । अरूले आलोचना गर्नसक्छन् ।
मकर– काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । रुपैयापैसा कमाउने बेला छ ।
कुम्भ– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ
मीन– तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। विगतको कामबाट भने लाभ हुनेछ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ७ : ०८ बजे