५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ कात्तिक ३, सोमबार)


३ कार्तिक २०७७, सोमबार  

0
Shares

पञ्चाङ्ग

आज २०७७ कात्तिक ३ गते सोमबार । तदनुसार अक्टोबर महिनाको १९ तारिक २०२० । तृतिया अश्विन शुक्लपक्ष । ज्यो. पं. तुलसी भारद्वाजद्वारा लिखित आजको राशीफल यस प्रकार छ ।

राशीफल

मेष– आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ। आस मारेको काम बन्नाले उत्साह बढ्नेछ।

वृष– प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। रमाइलो यात्राको अवसर जुट्न सक्छ।

 मिथुन– तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्रा सम्भावना छ।

कर्कट– सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। सन्तानबाट फाइदा र सुख मिल्ने योग छ।

सिंह– धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ। घरखर्च पनि बढ्नेछ। ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ।

 कन्या– व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन्। पढाइमा अनुकूल समय छ।

तुला– साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ ।परिश्रमबाटै घर–जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ।

वृश्चिक– बुद्धिको उपयोगले काम लिने समय छ। प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ।

धनु– भाग्य बलवान् रहनेछ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यवसायमूलक भ्रमण गर्ने समय छ।

मकर– अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ।

 कुम्भ– पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला। कर्मयोगमा अभिवृद्धि हुनेछ ।

मीन– प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ। विभिन्न उपहार समेत पाइएला।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : ०९ बजे