५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ कात्तिक ४, मंगलबार)


४ कार्तिक २०७७, मंगलबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ कात्तिक ४ गते मंगलबार । तदनुसार अक्टोबर महिनाको २० तारिक २०२० । चतुर्थी,आश्विन शुक्लपक्ष । ज्यो पं. तुलसी भारद्वाज निरौलाद्वारा लिखित आजको राशीफल यसप्रकार छ ।
राशफिल
मेष– आतिथ्यपूर्ण सम्मान पाइनेछ । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ ।
वृष– अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ ।
मिथुन– राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ ।
कर्कट– बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ ।
सिंह– काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ ।
कन्या– हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ ।
तुला– श्रमको उचित मूल्यांकन हुनेछ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।
वृश्चिक– अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ ।
धनु– पठनपाठनमा प्रगति हुनेछ । प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ ।
मकर– स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ । प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ ।
कुम्भ– बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ ।
मीन– खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ९ : १५ बजे