६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली नोटसहित एक पक्राउ


६ कार्तिक २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर

६ कात्तिक ०७७,चितवन । मकवानपुर जिल्ला राक्सीराङ गाउँपालिका–८ का २६ वर्षीय जीतबहादुर लोप्चन रु तीन लाख २१ हजार नक्कली नोटसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई पक्राउ गरेको हो ।
नक्कली नोटको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले राप्ती नगरपालिका–५ चौकीडाँडाबाट मङ्गलबार उनलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्दा लोप्चनको साथबाट रु एक हजारको १२ थान नक्कली नोट बरामद गरिएको थियो । उनले भण्डाराको युनिक होटलमा खाजा खाएर तिरेको रु एक हजार र बर्तौला किराना पसलमा तिरेको रु छ हजारसमेत नक्कली रहेको प्रहरीले जनाएको छ ।
बाँकी रकम घरमा लुकाई राखेको अवस्थामा बरामद गरिएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार उनको घरबाट रु तीन लाख दुई हजार बरामद गरिएको थियो । लोप्चनलाई जिल्ला अदालत चितवनबाट मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रासम्बन्धी कसूरमा समय थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । यस कसूरमा १० वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । नक्कली नोट कारोबारमा संलग्न अन्य दुई जनाको खोजी भइरहेको प्रहरी प्रमुख गुरुङले जानकारी दिएकाछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ६ : २२ बजे