५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ कात्तिक ०७, शुक्रवार)


७ कार्तिक २०७७, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ कात्तिक ०७ गते शुक्रबार । तदनुसार अक्टोबर महिनाको २३ तारिक २०२० ।सप्तमी आश्विन शुक्लपक्ष, फुलपाती नवपत्रिका प्रवेश । ज्यो पं. तुलस िभारद्घाजद्घारा लिखित आजको राशीफल यसप्रकार छ ।
राशीफल
मेष– पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा समेत केही चुनौती देखा पर्नेछन् ।
वृष– व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।
मिथुन– व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ ।
कर्कट– विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ ।
सिंह– पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।
कन्या– आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला ।
तुला– काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् ।
वृश्चिक– स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला ।
धनु– काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्नेछन् ।
मकर– प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बड्नेछ ।
कुम्भ– व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । आयआर्जन भए पनि चोटपटक लाग्न सक्छ ।
मीन– झमेला, विवाद र चोटपटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ८ : ३१ बजे