५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७कात्तिक९,शनिबार)


९ कार्तिक २०७७, आइतबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७कात्तिक ९गते शनिबार। तदनुसार अक्टोबर महिनाको २५ तारिक २०२० । नवमी,आश्विन शुक्लपक्ष ,महानवमी, स्याक्कत्याक्क । ज्यो.पं.तुलसी भारद्घाजद्घारा लिखित आजको राशीफल यसप्रकार छ ।
राशीफल
मेष– मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।
वृष– अप्ठ्यारा कामको बोझ थपिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला ।
मिथुन– हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ ।
कर्कट– बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। मेहनतले धेरै काम बनाउन सकिनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।
सिंह– अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला । प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला ।
कन्या– योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ ।
तुला– विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ ।
वृश्चिक– काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला ।
धनु– स्वास्थ्यमा ध्यान पुर्याउनुहोला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ ।
मकर– मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।
कुम्भ– मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ ।
मीन– मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला । पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ०४ बजे