६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई टीका


१० कार्तिक २०७७, सोमबार  

0
Shares


१० कात्तिक ०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका ग्रहण गरेका छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको माला लगाइदिएकी थिइन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार विजया दशमीको अवसरमा राष्ट्रपति भण्डारीबाट प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले पनि टीका र जमराको माला ग्रहण गरेकी थिइन् ।
प्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहनुभएकाले प्रधानमन्त्रीले आज आफ्नो सरकारी निवास बालुवाटारमा प्रथम महिला शाक्यलाई मात्र दशैंको टीका लगाइदिनुभएको थियो । कोरोना जोखिमका कारण राष्ट्रपति र प्रधानमन्त्रीबाट विगतमा झैँ यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ७ : ४८ बजे