६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अभियानकै रूपमा गुर्जाे रोप्दै ट्राफिक प्रहरी


१५ कार्तिक २०७७, शनिबार  

0
Shares


१५ कात्तिक ०७७, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको बिरूवा रोपेको छ ।
तीनकुनेमा एक हजार ५ सय र ट्राफिक कार्यालयमा पाँच÷पाँचवटा गुर्जोको बिरूवा रोपिएको हो । कोरोनाको रोकथाम र उपचारका लागि गुर्जाे उपयोगी मानिन्छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, प्रहरी उपरीक्षक एवं महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादव र प्रहरी कर्मचारीको सहभागितामा गुर्जोको बिरूवा रोपिएको हो । प्रमुख ढकालले अग्रमोर्चामा रहेर काम गर्ने प्रहरीलाई स्वास्थ्य जोखिम बढी भएकाले सचेतना र रोकथामका उपायमा ध्यान दिइएको बताए ।
आन्तरिक राजश्व कार्यालय लहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले महाशाखालाई गुर्जोका ती बिरुवा प्रदान गरेको प्रवक्ता यादवले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  २ : १६ बजे