६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भारतीय सेनाध्यक्ष नरवणे काठमाडौँमा


१९ कार्तिक २०७७, बुधबार  

0
Shares

 


१० कात्तिक ०७७,काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने भ्रमणका लागि आज आइपुगेका छन् । बलाधिकृत रथी प्रभुराम शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत अभिवादन गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुु?प नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिनेछ । सोही अवसरमा राष्ट्रपतिसँग नरवणेको भेटवार्ता हुनेछ ।
नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् । नेपाली सेनाले स्थलसेनाध्यक्ष नरवणेको भ्रमणको मुुख्य उद्देश्य परम्पराको निरन्तरता नै भएको नेपाली सेनाले जानकारी दिएको छ ।
स्थलसेनाध्यक्ष नरवणेले बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगत्तै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरवणेसँग औपचारिक भेटवार्ता गर्नु हुनेछ ।
सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धी तेह्राँै बैठकमा भएको सहमतिअनु?प स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नेछन् । नरवणेको सम्मानमा बिहीबार नै जङ्गी अड्डामा रात्रिभोज आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरवणेले शुुक्रबार औपचारिक भेट गर्नु हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १ : ५४ बजे