१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुलिसमा जागिर खुल्यो


२१ कार्तिक २०७७, शुक्रबार  

0
Shares

२१ कात्तिक ०७७, काठमाडौं ।  नेपाल प्रहरीमा नयाँ जागिर खुलेको छ । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी कार्यालय सहयोगी पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल ३ सय ६० जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये मालीरबगैंचेतर्फ ९ जना, भान्छेतर्फ २ सय ६१ जना, हजामतर्फ १० जना, सिलाईरबुनाईतर्फ १५ जना, कुचिकारतर्फ ५० जना र खेलाडीतर्फ १५ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।
प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर (हाल सम्पर्क कार्यालय राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नेपाली नागरिकहरुले मंसिर २ गतेदेखि पुस ६ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् ।
उक्त भर्ना सम्बन्धी विज्ञापन, दरखास्त फाराम र पाठ्यक्रम लगायत विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । साथै भर्ना सम्बन्धी थप
जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय भर्ना तथा छनौट महाशाखाको फोन नम्बर ०१(४४१४९०६ मा सम्पर्क राख्न सकिने सो महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ६ : १२ बजे