१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज कोरोना संक्रमणबाट २४ जनाको निधन


२५ कार्तिक २०७७, मंगलबार  

0
Shares


२५ कात्तिक ०७७, काठमाडौं । आज २२ जनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । अहिलेसम्म एक हजार १ सय ४८ जनाको सङ्क्रमणबाट निधन भइसकेका छ । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमितमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ । प्रति दश लाखमा ३९.३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।
गएको २४ घन्टामा दुई हजार सात ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६ सय ७७ पुरुषमा सङ्क्रमण देखिएको हो ।
नयाँ सङ्क्रमितसंगै नेपालमा अहिलेसम्म एक लाख ९९ हजार ७ सय ६० जना पुगेको छ । तीमध्ये ३४ प्रतिशत अर्थात ६६ हजार ९ सय ४५ जना महिला र ६६ प्रतिशत अर्थात एक लाख ३२ हजार ८ सय १५ जना पुरुष रहेका छन् ।
आज देखिएकामा प्रदेश नंं १ का २ सय ५३ जना, प्रदेश नंं २ का ९८ जना, वागमति प्रदेशका एक हजार ७ सय ८८ जना, गण्डकी प्रदेशका २ सय ९ जना, लुम्विनी प्रदेशका २ सय ७९ जना, कर्णाली प्रदेशका १३ जना र सूदुरपश्चिम प्रदेशका ९६ जना रहेका छन् । अहिलेसम्म सक्रिय सङ्क्रमित ३८ हजार ३५ जना रहेका छन् ।
निको हुने दर असी प्रतिशत
आजको सो विवरणमा आठ सय ५३ जना आज सङ्क्रमणबाट निको भइ घर फर्किसकेका छन । अहिलेसम्म एक लाख ६० हजार ५ सय ७७ जना निको भइर घर फर्किका छन । नेपालमा निको हुने दर ८० प्रतिशत रहेको छ । उपत्यकामा आज एक हजार ४ सय २० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ६ सय ३ जना महिला र ८ सय १७ जना पुरुष रहेका छन ।
सङ्क्रमितमध्ये ४ सय ४ जना सघन उपचार कक्ष (आइसियु) र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आइसियुमा प्रदेश नंं १ का ४५ जना, प्रदेश नंं २ का १२ जना, वागमति प्रदेशका १ सय ८४ जना, गण्डकी प्रदेशका ७६ जना, लुम्बिनी प्रदेशका ६२ जना, कर्णाली प्रदेशका आठ जना र सुदूरपश्चिम प्रदेशका १७ जना रहेका छन् ।
भेन्टिलेटरमा प्रदेश नंं १ का १५ जना, प्रदेश नं. २ का दुई जना, वागमति प्रदेशमा ५८ जना, गण्डकी प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका छ जना रहेका छन् ।
यस्तै पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन् । शून्य सक्रमित रहेको एकमात्र जिल्ला मनाङ रहेको छ । क्वारेन्टिनमा एक हजार ५८ जना र होम आइसोलेसनमा २९ हजार ७३४ जना रहेका छन् ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ०२ बजे