१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेसबुकबाट वालवालिकालाई अश्लिन सन्देश पठाउने युवक पक्राउ


२७ कार्तिक २०७७, बिहिबार  

0
Shares

akhil nepali
२७ कात्तिक ०७७, काठमाडौं । फेसबुकमा नक्कली अकाउण्ट बनाई बालिकाहरूलाई अश्लिल सन्देश तथा तस्विर पठाउने सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी गाउँपालिका ४ बस्ने २० वर्षीय अखिल नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अखिलले बालिकाहरूको बारेमा यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने र हैरानी दिने कार्य गरी विद्युतीय कारोबार ऐन बमोजिमको कसुर गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २७ बाट नेपालीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।