६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय


२८ कार्तिक २०७७, शुक्रबार  

0
Shares


२८ कात्तिक ०७७, काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन गर्ने निर्णय गरेको हो ।
केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको कोरोनाबाट सुरक्षित रहने उपाय अपनाएर खुला गरिने भएको हो । ती क्षेत्र सञ्चालन गर्न दिने निर्णय मन्त्रिपरिषद्को गत कात्तिक २४ गतेको बैठकले नै गरिसकेको थियो ।
मन्त्रालयले आज(विहीबार) जारी गरेको विज्ञप्तिमा सुरक्षित रहने गरी पर्यटकीय गतिविधि हुने क्षेत्र खोल्न भनिए पनि जोखिमको विश्लेषण गरी निर्णय गर्ने अधिकार जिल्लालाई नै दिइएको उल्लेख छ । यसरी खुल्ने केवलकार, जंगल सफारी र संग्रहालय जस्ता क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना भए नभएको भने मन्त्रालय मातहतका निकायले नै अनुगमन गर्ने विज्ञप्तिमा जनाइएको छ ।
सरकारले यही कात्तिक १ गतेदेखि पदयात्रा र पर्वतारोहण खुला गरेको थियो । त्यसयता स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिले शरद् ऋतुमा अमादब्लम, मनास्लुलगायत हिमाल आरोहण गरिसकेका छन् । अहिले पदयात्रामा स्वदेशी तथा विदेशी विभिन्न गन्तव्यमा पुगेका छन् । केही आरोही समूह पनि आरोहणमा छन् । पदयात्राका लागि यो उपयुक्त समय भएकाले धेरै आन्तरिक पर्यटक प्रमुख गन्तव्यमा घुमफिरका लागि निस्किएका छन् । सरकारले गत भदौ १६ देखि अन्तरराष्ट्रिय उडान तथा असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालन गरेको थियो । दशैँतिहार, छठजस्ता चाडपर्वमा आन्तरिक उडान उत्साहबद्र्धक रहे पनि अन्तराष्ट्रिय उडान भने बढेको छैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : २९ बजे