६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार, वावु पक्राउ


२९ कार्तिक २०७७, शनिबार  

0
Shares


२९ कात्तिक ०७७, जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो ।
साहले आफ्नै श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ । प्रहरी निरीक्षक रमेश सिग्देलका अनुसार एसिड प्रहारले घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ । आरतीको अवस्था गम्भीर र रियाको अवस्था भने सामान्य रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ५ : २३ बजे