२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल (२०७७ मंसिर ४ गते, बिहिबार)


४ मंसिर २०७७, बिहिबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ मंसिर ४ गते, विहीबार तदनुसार नोबेम्बर महिनाको १९ तारिक २०२० । पञ्चमी कार्तिक शुक्लपक्ष, विश्व शौचालय दिवस । ज्यो. पं. तुलसी भारद्वाजद्वारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग ।
वृष– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।
मिथुन– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन् ।
कर्कट– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछन् ।
सिंह– प्रयास गर्दा रोकिएका बन्नेछन् । नयाँ काम पाइने योग छ ।
कन्या– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ ।
तुला– व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
वृश्चिक– पढाइमा राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ ।
धनु– विभिन्न अवसर पाइने समय छ । तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ ।
मकर– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ।
कुम्भ– वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।
मीन– श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : ४६ बजे