२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ मंसिर ५, शुक्रबार)


५ मंसिर २०७७, शुक्रबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ मंसिर ५ गते, शुक्रबार । तदनुसार सेक्टेम्बर महिनाको २० तारिख,२०२० । षष्ठी कार्तिक शुक्लपक्ष । छठ पर्व, विश्व वाल दिवस । ज्यो. पं. तुलसी भारद्वाजद्वारा लिखित आजको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।
वृष– गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् ।
मिथुन– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।
कर्कट– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।
सिंह– बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ।
कन्या– आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला ।
तुला– अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् ।
वृश्चिक– व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ।
धनु– खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला ।
मकर– सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला।
कुम्भ– काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ ।
मीन– व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : १४ बजे