५ मङ्सिर ०७७,बाँके । नरैनापुर गाउँपालिका १ मतनिया गाउँबाट गोरू काटेको अभियोगमा सोही गाउँपालिका २ रोसनपुरुवा बस्ने ३७ वर्षीय सकिल सेक सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यस स्थानमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी सुईया र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई गोरुको मासु सहित पक्राउ गरेको
थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिक्रिया