४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशीफल(२०७७ मंसिर ८,सोमबार)


८ मंसिर २०७७, सोमबार  

0
Shares


पञ्चाङ्ग
आज २०७७ मंसिर ८ गते सोमबार । तदनुसार नोबेम्बर महिनाको २३ तारिक २०२० । कार्तिक शुक्लपक्ष, नवमी ,सत्ययागादी कुष्टामाण्ड नवमी । ज्योतिष पंण्डित तुलसी भारद्वाजद्वारा लिखित आको राशीफल यस प्रकार छ ।
राशीफल
मेष– नजिकका साथीभाइ टाढिन सक्छन् । टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ ।
वृष– आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । काममा ढिलासुस्ती हुन सक्छ ।
मिथुन– कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ ।
कर्कट– पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।
सिंह– रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ ।
कन्या– टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ ।
तुला– आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् ।
वृश्चिक– मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ ।
धनु– बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ ।
मकर– कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ । मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन्। प्रेम सम्बन्धमा समस्या आउला ।
कुम्भ– वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् ।
मीन– बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिन सक्छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : ५६ बजे