८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पुर्वपत्नी विरुद्ध अदालत जाँदै मनोज गजुरेल


३० मंसिर २०७७, मंगलबार  

0
Shares

३० मंसिर ०७७, ललितपुर । हास्य कलाकार मनोज गजुरेल अन्नतः पुर्वपत्नी मिना ढकालविरुद्ध अदालत जाने भएका छन् ।
झन्डै तीन बर्षअघि कानुनअनुसार सम्बन्ध विच्छेद गरेका गजुरेल कानुनी रुपमै आ–आफ्ना बाटो लागि सकेपछी पनि पुर्वपत्नीका पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम नरोकिएको भन्दै कानूनी कारवाहकिो माग सहित अदालत जाने भएका हुन् ।
सामाजिक संजालमा लेख्दै गजुरेलले एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेको र दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेको बताएका छन् । तर गाजी गाली बेईज्जती, अनावश्यक तनावको श्रृखला बढ्दै गएर मेरो परिवारसम्म असर त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको बताएका छन् ।
उनले सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले आफ्नो छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस भएको र चरित्रमाथी खेलवाड भएको गजुरेलले बताएका छन् ।
अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएको समेत गजुरेलले सार्वजनिक गरेका छन् ।
साथै गजुरेलले सामाजिक सञ्जालमार्फत् अनावश्यक टिप्पणी नगर्न अनुरोध गर्दै अनलाइनका पत्रकारहरुलाई आफ्ना छोरा छोरीलाई सम्झेर त्यसो नगर्न सुझाएका छन् । उनले परिआएको खण्डमा कानूनी नपरोस् भन्दै विनम्र ढंगबाट लेखेका छन् । गजुरेलले आफ्ना छोराछोरी र साथीभाईहरुको धेरै पटक अनुरोधलाई स्वीकार गरेर यो विषयमा लेखेको उल्येख गरेका छन् ।

गजुरेलले लेखेको फेसबुक स्ट्याटस यस्तो छ ः
प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
१. झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ(आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले केही प्रष्टिकरण दिन बाध्य भएको छु ।
२. सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेकोछु ।
३. अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।
४. युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुरोध गर्दछु( म र मेरा सन्तानक फोटो, नाम र प्रसङ्ग जोडेर कसैसँग ’अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशको कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।
५. यो पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तकको धेरै पटकको आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद 🙏

ऋयmmभलत

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ९ : ०६ बजे