६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंगलबार भेटिए ९ सय ३६ सङ्क्रमित


३० मंसिर २०७७, मंगलबार  

0
Shares


३० मंसिर ०७७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर सात हजार १ सय १७ जनाको पिसिआर परीक्षण भएकोमा ५ सय ८५ पुरुष र ३ सय ५१ महिला गरी ९ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १ सय ८० पुगेको छ ।
अहिले देशभर नौ हजार ८ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार ९ सय ९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५ सय ६९ पुगेको छ । कोरोना निको हुनेदर ९५ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म १८ लाख ४३ हजार ५ सय ८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ६४ पुरुष र १ सय ७४ महिला गरी ४ सय ३८ जना सङ्क्रमित थपिएका छन् ।

थप १४ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या एक हजार ७७० पुगेको छ । होमआइसोलेसनमा छ हजार १०३ जना छन् । त्यस्तै सघन उपचार कक्ष (आइसियु)मा ३२१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् ।
–––

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  ६ : ५७ बजे