६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कोरोना सङ्क्रमण घट्यो, निको हुने बढ्यो


३ पुस २०७७, शुक्रबार  

0
Shares

३ पुस ०७७, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको सङ्क्रमण दर घट्दै जाँदा निको हुने दरमा वृद्धि हुनुले सुखद् परिणाम देखिन थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगतका महिनामा पाँच हजारको परीक्षणमा दुई हजार माथि नै सङ्क्रमण दर रहेकोमा अहिले घटेर पाँच सयदेखि एक हजारसम्म सङ्क्रमण दर सीमित रहनु सुखद खबर रहेको जनस्वास्थ्य विज्ञको भनाइ छ । निको हुने दरमा क्रमशःवृद्धि हुँदा सकारात्मक परिणाम देखिँदै आएको उनीहरुको बुझाइ छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज(शुक्रबार) मात्रै पाँच हजार ७ सय ६ जनाको परीक्षण गर्दा जम्मा ७ सय ८२ मा मात्रै सङ्क्रमण देखिएको छ । जसमा ३ सय५ महिला र ४ सय ७७ पुरुष छन् । गएको २४ घण्टामा मात्रै एक हजार २९ निको भएका छन् । यसले सङक्रमण दरभन्दा निको हुने दर बढ्दो क्रममा रहेको देखिएको छ । सङ्क्रमितमध्ये निको हुने दर वृद्धिहुँदै ९५ दशमलव ६ प्रतिशतमा पुगेको छ । यसले कोरोनाबाट उच्च सावधानी अपनाउँदा जोखिमबाट जोगिन सक्ने तथ्याङ्कले पुष्टि गर्छ ।
अहिलेसम्म मुलुकभर दुई लाख ५२ हजार सङ्क्रमति भएको विवरण छ । निको हुनेको सङ्ख्या दुई लाख ४१ हजार पुगेको छ । आइसोलेसनमा नौ हजार ३ सय १७ सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म कोरोना भएका एक हजार ७ सय ६५ को मृत्यु भएको छ । आजमात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । हाल ४२७ क्वारेन्टिनमा रहेक छन् ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : २१ बजे