६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपाका अध्यक्षद्वयबीच छलफल


३ पुस २०७७, शुक्रबार  

0
Shares


३ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष दाहाल आज (शुक्रबार) साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।
पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ । बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो । नेकपा स्थायी कमिटीको अर्काे बैठक यही पुस ५ गते बस्नेछ । केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ४० बजे