२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्च बारमा वरिष्ठ अधिवक्ता शाक्य विजयी


५ पुस २०७७, आइतबार  

0
Shares


५ पुस ०७७, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् छ । उनले २ सय ९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २ सय ५० मत प्राप्त गरेका छन् ।
वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मेधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवासायी समूहको नेतृत्व गरेका थिए भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व गरेका थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भए । महिला सदस्यमा अमिता गौतम पौडेल, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।