८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


कालेश्वरमा पाहुना बढेपछि होमस्टे सुरु


५ पुस २०७७, आइतबार  

0
Shares


ललितपुर खबर
५ पुस ०७७, गोटिखेल । दक्षिण ललितपुरको पर्यटकीय गन्तव्य कालेश्वर । सुन्दर पहाडको चुचुरोमा रहेको कालेश्वर महादेवको दर्शन गर्न आउने पाहुना बढेपछि सिसौनका सनमान सिंतानले केही बर्षदेखि
पर्यटकीय सिजन सुरु भएदेखि नै पाहुना आउन सुरु हुन्थ्यो । केही वर्षअघिको घटना स्मरण गर्दै सिंतानले भने,‘कालेश्वरस्थित सिसौन गाँउमा हुलका हुल पाहुना आउन थाले । त्यसताका कालेश्वरमा कुनै होटल वा होमस्टे थिएनन् ।
उनका अनुसार बास दिएर साध्य नै लागेन । ठाँउ नहुँदा पिंडीतिरै सुतेर पाहुना जान थालेपछि उनको दिमागको बत्ती बल्यो । सोचे अव होटल व्यावसाय किन नगर्ने ?
केही बर्ष उनले रिसोर्ट भाडामा चलाए । रिर्सोट पुरानो हुँदै गयो पाहुना पनि बढ्दै गए । अनि उनले सोचे अव आफ्नै होमस्टे सुरु गर्नुपर्छ ।


गत ०७२ सालको भुकम्पले उनको घर भत्कायो । उनीलाई घर बनाउनु नै थियो । सरकारले ३ लाख अनुदान दिने भयो । भन्छन्,‘केही पैसा थपेर नयाँ घर बनाए । अहिले घरको रंगरोगन हुँदछ । फर्निचर पनि बन्दैछ । अव होम स्टे सुरु हुन्छ ।’
सिसौनमा सनमानसँगै ११ वटा होमस्टेका लागि घर बन्दैछन् ।
गोटिखेलका ईश्वरप्रसाद तिमल्सिनाले पनि गोटिखेल बैर्तणी नजिकै त्रिवेणी होमस्टे चलाउँँँछन् । कालेश्वर दर्शन गर्न आउने पर्यटकहरुले बास माग्न आउन थालेदेखि उनले होटल व्यावसाय सुरु गरेका हुन् ।
६ वटा कोठाबाट सुरु गरिएको होटलमा गाँउले परिभेषको खाना खुवाउने गरेको उनी बताउछन् । सिसौनको सिस्नो,ढिडो विषेश रहेको ले बताए ।
धेरै खानाको सरसामान आफ्नै बारीमा उव्जाउ गर्ने र अत्यावश्यक सरसामान बजारबाट किन्ने गरेको बताए ।


उनको होटल लक डाउन अघिसम्म राम्रो व्यवसायको आकाार लिइसकेको उनी बताउछन् । विदेशीहरु २ अन्तरमा बस्ने गरेका थिए ।
पुराना ठेकी उर्गल,ढिकी जाँतो हलो, हसिया राख्ने दाविलो शो गर्ने योजना उनले सुनाए । उनले पुर्वाधार तयार गर्ने क्रममा रहेको बताए । यो व्यावसाय गर्न सबै तयारी गरेर सुरु गर्न नसकिने रहेछ । अनुभव सुनाउदै भने,
सिनौनका सामुदायिक होमस्टेको मेनुमा लोकल पनि अटाउने सिंतान बताउछन् । भन्छन् हामी सिस्नो र ढिडो खुवाउछौं । यहाँ स्थानीय फापर र कोदोको ढिडो पनि पाइन्छ । पहाडको कान्लामा फलेका रसिलो साग पात चाख्न पाइन्छ ।
त्रिवेणी होमस्टेका सञ्चलक तिमल्सिनाले गोटिखेलबाट ठूलादुर्लुङ्गको कफी,अर्गानिक खुवा, घरमै बनाएको ध्यु र स्थानीय तरकारी सिस्नो कोसेलीको रुपमा आगन्तुकले लैजाने गरेको सुनाए ।
त्रिवेणी होमस्टेमा स्थानीय स्वाद चाख्न पाइने तिमल्सिनाले बताए । भने हामी आगन्तुकको माग अनुसारका मेनु पस्कन्छौं । अमिलो गुन्द्रक र ढिडो हाम्रो स्पेसल परिकार हो । शुद्ध भैसीको दूध,बारीमा फलेको सिजन अनुसारको सागपात फलफूल उपलव्ध हुने उनले बताए ।
उनका अनुसार दर्ता प्रकृया सुरु गरेसँगै आउँदो फागुनबाट होमस्टे सुरु हुदैछ । सबैभन्दा आफूले होमस्टे व्यावसाय सुरु गरेको सुनाउदै उनले आफ्नो अनुभव साटे । होमस्टे व्यावसायबारे हामी विज्ञ होइनौं । गर्दै जाँदा सिक्दै छौं ।
सिसौनमा ७ वटा होमस्टे सञ्चालनमा आउँदैछ । पराटुमा ३ वटा चल्दैछ । प्रेम बहादुर थोकर,सूर्यबहादुर थोकर, रामबहादुर सिंतान,सनमान सिंतान, इन्द्र कुमार सिंतान,र रविन दुलाललगायतले होम स्टे सञ्चालन गर्दै छन् । वडा कार्यालयको ४ लाख अनुदान सहयोगमा संचालनमा आउन ालगेका होमस्टेका लागि फर्निचरमा लगानी गर्न लागिएको थोकरले बताए ।
स्थानीय सरकारले यो पर्यटकीय पुर्वाधार बनाउन कुनै अनुदान नदिएको उनले गुनासो गरे ।
‘गोटिखेलमा आउने आन्तरिक पर्यटकले बास माग्न थालेपछि होमस्टे किन नचलाउने भनेर सुरु गरियो’ तिमल्सिना भन्छन् ।
महाकाल गाँउपालिका ३ वडाध्यक्षका अनुसार वडाले फर्निचर लगायत सरसामान खरिदका लागि ४ लाख अनुदान सहयोग गरेको जानकारी दिए । उनले भने, ‘वागमती प्रदेश सरकारबाट पुर्वाधार निर्माणका लागि १० लाख आएको छ ।’
सिसौनका ५ वटा होमस्टे शु भईसकेको वडाध्यक्ष तिमल्सिनाले जानकारी दिए । उनले भने,कोरोनाका कारण ढिला भएको र प्रदेशमा दर्ता प्रकृया हुँदैछ । उनले. भने, प्रकृया बुझेर फर्केपछि व्यावसायीहरु कागजात तयारी गर्दैछन् ।
सिसौन पराटुस्थित रेडस्टार होमस्टेका संचालक लक्ष्मण दुलालका अनुसार पर्यटकीय गविविधि बढेपछि सवै पुर्वाधार पुरा गरेर होम स्टे संचालनमा ल्याएको जानकारी दिए । उनले भने, ‘अव कालेश्वर ढुक्कसँग आए हुन्छ । बस्ने खाने सुविधा छ ।’
गोटिखेल सिसौन सामुदायिक होमस्टेका संचालक रामबहादुर सिंतानका अनुसार पुर्वाधार निर्माण अन्तिम चरणमा रहेकाले फागुनसम्म होमस्टे सञ्चालन हुने बताए । उनले भने, ‘केही होमस्टे सञ्चालन भइसके । कालेश्वरमा अव पर्यटक अलपत्र पर्दैनन् ।’

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ८ : ३६ बजे