१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विद्यार्थी सङ्गठनद्वारा विरोध


७ पुस २०७७, मंगलबार  

0
Shares

राजधानीमा मंगलबार विद्यार्थीले गरेको सरकार विरोधि प्रर्दशन । तस्विर : ललितपुर खबर

७ पुस ०७७, काठमाडौं । संयुक्त विद्यार्थी सङ्गठनले संसद् विघटनको विरोध गरेका छन् । संयुक्त विद्यार्थी सङ्घको आज लैनचौरमा बसेको बैठकले पुस ५ गते सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस तथा राष्ट्रपतिले गरेको विघटनको घोषणाको विरोध गरेको हो ।
जनता कोरोना सङ्क्रमणको त्रासमा छटपटाइरहेको अवस्थामा जनताको जीवनरक्षाप्रति लाग्नुपर्ने बेलामा यस निर्णय भएको भन्दै बैठकले विरोध जनाएको नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । बैठकले विचार र आस्थाका आधारमा गैरकानुनी थुनामा राखिएका संयुक्त आन्दोलनका क्रियाशील अखिल क्रान्तिकारीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न मागसमेत गरेको छ ।
बैठकमा नेपाल विद्यार्थी सङ्गठनका अध्यक्ष राजीव ढुङ्गाना, अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ, राष्ट्रिय विद्यार्थी सङ्घका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौँका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौँका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझी सहभागी थिए ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ९ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।