८ पुस, ०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको संसदीय दलको नेतामा पुष्पकमल दाहाल चयन भएका छन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । यसअघि मङ्गलबार प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई नयाँ अध्यक्ष बनाएको थियो ।
प्रतिक्रिया