४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ९१ लाख पुग्यो


९ पुस २०७७, बिहिबार  

0
Shares

९ पुस, ०७७ काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७ करोड ९१ लाख ५३ हजार ५२६ पुगेको छ । यस्तै कुल संक्रमितमध्ये ५ करोड ५७ लाख ३६ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट मृत्यु हुनेको सख्या १७ लाख ३९ हजार ७९७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २ करोड १६ लाख ७७ हजार १४४ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित १ करोड ८९ लाख १७ हजार १५२ जना पुगेको छ । ३ लाख ३४ हजार २१८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये १ करोड  ११ लाख १ हजार  ८६६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७४ लाख ८१ हजार ६८ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या १ करोड १ लाख २३ हजार ७७८ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४६ हजार ७७८ पुगेको छ । ९६ लाख ९३ हजार १७३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ८३ हजार ८२७ जना रहेका छन् ।
संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ७३ लाख ६६ हजार  ६७७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ८९ हजार २६४ को मृत्यु भएको छ । ६४ लाख ५ हजार ३५६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७ लाख ७२ हजार ५७ जना रहेका छन् ।
रुसमा २९ लाख ६३ हजार ६८८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ५३ हजार ९६ जनाको मृत्यु भएको छ । २३ लाख ७० हजार ८५७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ३९ हजार ७३५ जना रहेका छन् ।
फ्रान्समा २५ लाख ५ हजार ८७५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ६१ हजार  ९७८ जनाको मृत्यु भएको छ । १ लाख ८७ हजार २७२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २२ लाख ५६ हजार ६२५ जना रहेका छन् ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  ४ : ०६ बजे